
महेन्द्रनगर, असार ३१ । कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा नेपाल प्रहरीका पूर्वहवल्दार मृत फेला परेका छन् ।
भीमदत्त नगरपालिका–६, ऐठपुरका ५५ वर्षीय गणेश बमको शव गएराति खुलामञ्चको पश्चिममा फेला परेको हो ।
शव भेटिएको स्थानमा सुसाईड नोट र थायोडिन नामक विषादी भेटिएकाले मृतक बमले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्