१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


‘मुन्द्रे’का यातायातका कारण व्यवसायी मर्कामा, अब कारबाही


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, साउन १ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले निजी प्रयोजनका लागि दर्ता भएका मोटरसाइकल भाडामा प्रयोग गर्नेहरुलाई कारबाही अभियान सन्चालन गरेको छ ।

निजी मोटरसाइकलमा यात्रुबाहक सवारी–साधनमा जस्तै यात्रु ओसार–पसार गर्नेक्रम बढ्दै गएपछि कन्चनपुर प्रहरीले कारबाही सुरु गरेको हो ।

सदरमुकाम महेन्द्रनगरबाट दोधारा–चाँदनी, भारतीय सहर बनवासालगायतका ठाउँसम्म निजी मोटरसाइकल प्रयोग गरी यात्रु ओसार–पसार गर्ने गरिएको छ ।

त्यसैगरी, सवारी नियमविपरीत एउटा मोटरसाइकलमा ३/४ जनासम्म लैजाने गरेको पाइएपछि कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

पहिलो चरणमा यात्रु ओसार–पसार गर्ने मोटरसाइकललाई चेतावनीसहित जरिवाना गरिएको कन्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

कन्चनपुरमा ‘मुन्द्रे’ यातायातका नामले सन्चालित निजी मोटरसाइकलका कारण यातायात व्यवसायी मर्कामा पर्दै आएका छन् ।