रविन भट्टराई (इमेज)
ताप्लेजुङ, साउन १ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ ।
शुक्रबार राति आएको बाढीले निर्माण भइरहेको मोटरेवल पुल बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
पुल निर्माणका लागि राखिएका सबै सामानसमेत बाढीले बगाएको छ ।
माथिल्लो क्षेत्रबाट नै ठूलो बाढी आइ ताल अझै बढेपछि तमोर नदी किनारका स्थानीय त्रसित छन् ।
नदीमा आएको बाढीले ताल बढेर फुरुम्बुतर्फको भाग कटान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्