
कैलाली, साउन १ । जिल्ला वन कार्यालय कैलालीले यो वर्ष ५ लाख विरुवा वितरण गर्न सुरु गरेको छ ।
निजी तथा सार्वजनिक जमिनमा वृक्षरोपणका लागि विरुवा वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।
जिल्ला वन कार्यालयले ३ लाखभन्दा बढी विरुवा धनगढीमा उत्पादन गरेको छ ।
यस्तै, सेक्टर वन कार्यालय गेटा, चौमाला, बल्चौर तथा टीकापुरलगायतका इलाका वन कार्यालयमा पनि २ लाखभन्दा बढी विरुवा उत्पादन गरिएका छन् ।
जिल्लाका इलाका वन कार्यालयहरुबाट सिसौ, बकाइनो, चिराइतो, अम्बा, बास, टिक, मसला, सिरिस, अम्लिसा, श्रीखन्डलगायतका विरुवा वितरण गर्न सुरु गरिएको जिल्ला वन अधिकृत डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्