Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


‘सरकारले २ लाख बराबरको जग्गा दियो, २ करोडको आय–आर्जन गर्छु’


0
Shares

टेकराज अवस्थी (इमेज)
डडेल्धुरा, साउन १ । पुस्तौंदेखि आफ्नो जग्गा नभएका डडेल्धुराका हलियाले जग्गाधनी प्रमाणपुर्जा पाएपछि खुसी भएका छन् ।

पुस्तौंदेखि मालिकको काम गर्दै आएका हलिया परिवारलाई सरकारले जग्गाधनी प्रमाणपुर्जा दिएपछि खुसी भएका हुन् ।

तीन पुस्तादेखि हलिया भएर काम गर्दै आइरहेका परशुराम नगरपालिका–१२ का धनबहादुर दमाइँले सरकारले २ लाख बराबरको जग्गा दिएपनि आफूले २ करोडको आय–आर्जन गर्ने बताए ।

मालपोत कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत् मुक्त हलिया पुनःस्थापना कार्यक्रमका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीले १५ जनालाई जनही दुई लाख रुपैयाँ बराबरको जग्गाको हस्तान्तरण गरेका हुन् ।

डडेल्धुरामा २ हजार ५ सय ५१ मुक्तहलिया छन् । तीमध्ये ‘क’ वर्गका २ सय ८५, ‘ख’ वर्गका ४ सय ५८, ‘ग’ वर्गका १ सय ६९ र ‘घ’ वर्गका ६ सय ५४ गरी जम्मा १ हजार ६६ जनाले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

बाँकी प्रमाणीकरणको प्रक्रियामा रहेको मालपोत कार्यालयका प्रमुख मञ्जु विष्टले जानकारी दिइन् ।