Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पहिरोबाट जोगिन भाग्दा भाग्दै महिला बेपत्ता


0
Shares

ताप्लेजुङ, साउन १ । ताप्लेजुङको तापेथोक गाविसस्थित घैयाबारी भिरबाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् ।

घरमाथिबाट आएको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा तापेथोक आठ निवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको स्थानीयवासी नुपु शेर्पाले जानकारी दिए ।

ताप्लेजुङ नगरपालिकादेखि करिब दुई दिनको पैदल दूरीमा रहेको सो स्थानमा गएराति घरमाथिबाट एक्कासि पहिरो झरेपछि राई भागेकी थिइन् । सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रमा पाँच घरपरिवारको बसोबास छ ।

तापेथोकमा रहेको प्रहरी चौकीमा समेत प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोबाइलबाट सम्पर्क गर्ने प्रयास गरिरहेको साथै सिवा प्रहरी चौकीबाट समेत सो स्थानमा प्रहरी परिचालन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए । रासस

Skip This