१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


घुस माग्ने पाँच कर्मचारीले सार्वजनिक रुपमा माफी मागे


0
Shares

राजविराज, साउन २ । घुस माग्दै सेवाग्राहीलाई कुटपिट गर्ने सप्तरी मालपोत कार्यालयका पाँचजना कर्मचारीले सार्वजनिक रुपमा माफी मागेपछि आइतबारदेखि कार्यालयको कामकाज सुचारु भएको छ ।

जग्गा रजिष्ट्रेशनका लागि गत बुधबार मालपोत कार्यालय पुगेका राजविराज–१० निवासी श्याम साहलाई मालपोत कार्यालयका कर्मचारीहरुले पाँच हजार घुस नदिएको निहुँमा कुटपिट गरेका थिए ।

कर्मचारीहरु पशुपति देव, धर्मेन्द्र खडका, लालेश्वर यादव, हरिशचन्द्र चौधरी र योगेन्द्र कार्कीले सार्वजनिक रुपमै माफी मागेका हुन् ।