Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


२२ वर्षदेखि फरार अभियुक्त पक्राउ


0
Shares

गौशाला, साउन ३ । आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पिपरा गाविस–४ बस्ने ६८ वर्षीय बदन मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतको २०५० कात्तिक १७ गतेको फैसलाअनुसार ६ महिना कैद भई आगलागी मुद्दामा फरार रहेको प्रतिवादी मुखियालाई प्रहरीले पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले उनलाई कैद भुक्तानीका लागि जलेश्वर कारागारमा पठाएको हो ।

वर्षौंदेखि फरार मुखिया भारतमा लुकेर बस्दै आएका थिए भने उनी घर आएका बेला जिल्ला प्रहरी कार्यालयका विशेष प्रहरी टोलीले सुराकीका आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । (रासस)

Skip This