Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


राउटेहरु कहिलेसम्म जंगलमा ? हेर्नुहोस राउटे परिवारको कहालीलाग्दो जीवन(भिडियो)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, साउन ३ । कञ्चनपुरको चुरे पहाडमा पर्ने खुल्ला मछेटी क्षेत्रमा बस्दै आएका एक राउटे परिवारलाई स्थानीयको पहलमा भीमदत्त नगरपालिका ९ मटैना जंगलकै छेउमा पुनर्स्थापना गरिएको छ ।

राउटे परिबारलाई पुनर्स्थापना गराएको पाँच बर्ष बितिसक्दा पनि उनीहरुको दैनिकी भने जंगलमै केन्द्रित बनेको छ ।

जंगलका राजा भनेर चिनिने राउटे समुदायको उत्थानका लागि राज्यले राउटे समुदायलाई लोपोन्मुख समुदायमा सूचिकृत गरेको छ ।

तर राज्यले राउटे समुदायलाई लोपोन्मुखमा सूचिकृत गरेपनि उनीहरुलाई दिने सुविधामा भने सम्बन्धीत पक्षबाट प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरु अझैपनि जंगलमै बस्न बाध्य छन् ।

यस्तै पीडामा छन् कञ्चनपुरका एक राउटे परिबार पनि । ५ बर्ष अघि सिद्धनाथ सामुदायिक बनले बनकै छेउमा रहेको जग्गामा घडेरीसम्म दिएर दुर्गादेवी रावतको परिवारलाई पुनर्स्थापित गराएको हो ।

तर, उव्जाउ जमिन थोरै र गाँउमा बाच्ने आधार नभएपछी अहिले पनि उनीहरु जंगलकै स्रोत÷कन्दमुल, गिठा लगायत खाद्यान्न ल्याएर गुजारा चलाईरहेका छन् ।

कञ्चनपुरका स्थानीय निकाय जिल्ला विकास समिति, नगरपालिका तथा सरकारी कार्यालयबाट लोपोन्मुख समुदायका लागि छुट्टाएको बजेट समेत पहुँचवालाहरुले कुम्ल्याउने गरेका कारण अझैपनि वास्तविक राउेट समुदाय सरकारी सुविधाबाट बञ्चित हुनुपरेको स्थानीय धर्मानन्द भट्ट बताउँछन् ।

राउटे समुदायको उच्च निकायमा पहुंच नभएको र सम्वन्धित निकायसंग आफ्ना अधिकार माग गर्न सक्ने क्षमता र योग्यता नभएकाले उनीहरु सरकारबाट पाउने सुबिधा बाट समेत बन्चित हुदै आएका छन ।

राउटे समुदाय कुनै निश्चित राजनीतिक पार्टिमा आवद्ध नभएकै कारण उनीहरुले उचित न्याय र अधिकार पाउन नसकेको स्थानीय गगन नाथ बताउँछन् ।