१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


महोत्तरीको आधादर्जन नदीमा बाढी आयो


0
Shares

महोत्तरी, साउन ३ । शनिबार रातिदेखि आइतबार साँझसम्म अविरल मुसलेधार पानी परेपछि महोत्तरी जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा बाढी आएको छ ।

लगातारको भीषण वर्षासँगै जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी र मरहा नदीमा बाढी आएको स्थानीयले बताएका छन् ।

विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।