१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्रकको ठक्करबाट महिलाको मृत्यु


0
Shares

मोरङ, साउन ४ । मोरङ र झापाको सिमानास्थित मावा पुलमा ट्रकको ठक्करबाट मंगलबार बिहान प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा हिँडेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहान ४ः४५ बजेतिर मर्निङ वाकका क्रममा झापाको दमकबाट मोरङको उर्लाबारीतर्फ आउँदै गरेकी दमक–८ मा बस्दै आएकी ३७ वर्षीया जसु तामाङको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राई गम्भीर घाइते भएका छन् । उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको को१ख ३५७० नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)