Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


संस्कृतिविद् जोशीलाई सत्गुरुकोरुपमा सम्मान


0
Shares

काठमाडौं, साउन ४ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई मंगलबार राजधानीमा सत्गुरुकोरुपमा सम्मान गरिएको छ ।

गुरुपूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको कार्यक्रममा भूमिसुधारमन्त्री रामकुमार सुब्बाले जोशीलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् ।

जोशीले नेपालको धर्म, कलासंस्कृति, साहित्य र अनुसन्धानमा विशेष योगदान गरेबापत गुरुकोरुपमा सम्मान गरिएको समितिले जनाएको छ ।