
काठमाडौं, साउन ४ । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
मलेसियास्थित नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र आज गरी दुई चरणमा नेपाल पठाइएको हो ।
दूतावासले हालसम्म सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहयोगमा ६१२ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाइसकेको जनाएको छ ।
थुनुवा केन्द्रमा रहेका अरु नेपालीलाईसमेत निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्