१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अनलाइन मिडियाले मयार्दाको ख्यालसमेत राखेनन् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अनलाइन मिडियाहरुमा विकृति बढेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सूचना तथा सन्चारसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन बुझदै प्रधानमन्त्री ओलीले स्वतन्त्रताको नाममा अनलाइनहरुले मयार्दाको ख्यालसमेत नराखेको बताए ।

काशीराज दाहालको संयोजकत्वमा गठित समितिले निर्धारित पाँच महिनाको अवधिभित्रै आफ्नो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रस्तावित आमसन्चार नीतिका मुलभूत विशेषता, संघ, प्रदेश र स्थानीय तहमा सूचना तथा सन्चारसम्बन्धी अधिकारको विभाजनलगायतका विषयमा सुझाव दिइएको छ ।