६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


ग्यास बुलेट खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं, साउन ५ । आपूर्ति मन्लायले नेपाल आयल निगमलाई विनियमावली स्वीकृत नभइ ग्यास बुलेट खरिदको अनुमति नदिन निर्देशन दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी निगमले नेपाल एलपी ग्यास उद्योग संघलाई ६ सय ग्यास बुलेट खरिदको अनुमति दिइ छिट्टै खरिद प्रक्रिया अगाडि बढाउने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको भन्दै उक्त कार्यलाई अगाडि नबढाउन निर्देश गरेको हो ।

निगमले ट्यांक एवं बुलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी गर्ने सम्बन्धमा छ्ट्टै विनियमावली बनाउने तयारी गरिरहेको छ ।

तर, त्यो स्वीकृत भइ कार्यान्वयनमा नआउँदै बुलेट खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै मन्त्रालयले तत्कालका लागि खरिद प्रक्रिया अगाडि बढाउन रोक लगाएको हो ।