२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


काठमाडौंमा विहानै स्कूल बसमा आगजनी,यसरी ध्वस्त भयो बस(भिडियो हेर्नुहोस) 


0
Shares

काठमाडौं, साउन ६ । काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरिएको छ ।

झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।

ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए ।

विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।

सडकमा बस जलिरहँदा बटुवा तथा स्थानीय रमिते बनेका थिए । प्रहरीको उपस्थिति थिएन् ।