
पाँचथर, साउन ६ । पाँचथर जिल्लाका कृषकले गत आर्थिक वर्ष ०७२÷०७३ मा १४ करोड रुपैयाँको तरकारी उत्पादन गरी निर्यात गरेका छन् ।
जिल्लाको थर्पु, पंचमी, नाँगी, अमरपुर गाउँ विकास समिति तथा फिदिम नगरपालिकाबाट आर्थिक वर्ष ०७२÷०७३ मा ५ हजार २ सय ८५ मेट्रिक टनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
गोलभेडा, बन्दा तथा काँक्रो त्यस क्षेत्रका कृषकले उत्पादन गरेको कार्यालयले जनाएको छ । यस वर्ष कृषकलाई मौसम हावापानी अनुकूल भएकाले पनि तरकारी उत्पादनमा बृद्धि भएको कार्यालय प्रमुख बेनु प्रसाईले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी अहिले कार्यालयले अनुदान रकम सहयोग गरेकोले पनि तरकारी खेतीतर्फ कृषक आकर्षित भएका हुन् ।
कार्यालयले समूह बनाएर आएमा युवा लक्षित कार्यक्रमअन्र्तगत ४० हजार रुपैयाँ अनुदान दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्