
काठमाडौं, साउन ६ । चिकित्सा क्षेत्र सुधारको माग राखेर १२ दिनदेखि अनसनमा रहनुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेकाले तत्काल समाधान खोज्न विभिन्न पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैबीच सरकारले डा. केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा स्वास्थ्य र शिक्षा सचिवसहित रहेको समिति बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्