२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मनमोहन प्रतिष्ठान गठन सम्बन्धी विधेयक पारित गर्न दबाब


0
Shares

काठमाडौं, साउन ६ । मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी विधेयकलाई संसदवाट अविलम्व परित गर्न माग गर्र्दै मनमोहन प्रतिष्ठानले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र वुझाएको छ ।

ज्ञापनपत्र वुझाउन एमाले नेताहरु माधव कुमार नेपाल, भरतमोहन अधिकारी, राजेन्द्रप्रसाद पाण्डे, केशव वडाल लगाएतका नेताहरु वालुवाटार पुगेका थिए ।

मनमोहन अधिकारीका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्नु कुनै अपराध नभएको भन्दै उनीहरुले संसदबाट तत्काल विधेयक पारित गर्ने वातावरण बनाउन माग गरेका हुन् ।