
काठमाडौं, साउन ६ । चिकित्सा क्षेत्र सुधारको माग राखेर १२ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेकाले तत्काल समाधान खोज्न विभिन्न पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसैबीच, डा. केसीको समर्थनमा विहीबार पनि काठमाडौंको नयाँबानेश्वरमा समर्थकहरुले धर्ना दिएका छन् ।
धर्नाकारीहरुले डा. केसीको विषयमा सांसदहरु मौन रहेकोमा असन्तुष्टि जनाउँदै मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
सहभागीहरुले धर्नास्थलबाट ‘आइ एम विथ डा. केसी’ लेख्दै मोबाइलबाट सभामुखलाई एसएमएस गरेका थिए ।
धर्नामा चिकित्सक, चिकित्सा क्षेत्रका विद्यार्थी, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
यसअघि, सरकारले बुधबार डा. केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्