२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


त्रिवि सेवा आयोगको अध्यक्षमा चैतन्य शर्मा नियुक्त


0
Shares

काठमाडौं, साउन ६। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसबमोजिम तीन वर्षका लागि उनलाई विहीबार नियुक्त गरेका हुन् ।

यसअघिका अध्यक्ष प्रा.डा. ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पूर्वसहप्राध्यापक तथा पूर्वउपनियन्त्रक शर्मालाई नियुक्त गरिएको हो ।

विघटित उच्चमाध्यमिक शिक्षा परिषदका उपाध्यक्ष शर्मा मदन भण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख पनि हुन् ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । रासस