१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तोराखेतमा लगातार पहिरो, १२ घरपरिवार विस्थापित


0
Shares

म्याग्दी, साउन ७ । म्याग्दीको भकिम्ली–९ तोराखेतमा लगातार पहिरो गएपछि स्थानीय त्रसित भएका छन् । बुधबार बिहानदेखि पहिरो जान थाले पनि अझै नरोकिएको स्थानीयले बताएका छन् ।

पहिरोले १ घर र दुई गोठ बगाएको छ भने सयौं रोपनी जग्गा पुरिएको छ । पहिरोले सयौं रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाविहीन बनेका छन् ।

दुई दिनदेखि निरन्तररुपमा खसिरहेको पहिरोका कारण बेनी नगरपालिका–४ बगरफाँट गाउँ समेत जोखिममा परेको छ । खानेपानीको पाइप बगाएपछि बगरफाँटमा दुई दिनदेखि खानेपानी सेवा अवरुद्ध बनेको छ ।