२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


पहिरोले सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध


0
Shares

पाल्पा, साउन ७ । अविरल बर्षासँगै गएराति सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–५ सिद्धबाबामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा पाल्पा, बुटवल, पोखरा, स्याङ्जा, गुल्मीलगायतका जिल्ला पुग्ने यात्रु अलपत्र परेका छन् । ठूलो पहिरो गएका कारण सडक खुल्न केही समय लाग्ने बुटवल प्रहरीले जनाएको छ ।