Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


जिल्लामा सूचनाको हक कार्यान्वयन नभएको गुनासो


0
Shares

काठमाडौं, साउन ७ । सूचनाको हकका लागि नागरिक र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनीहरुले सही सूचना प्राप्त गर्न नसक्दा समाजमा बिकृति बढेको बताए । खोज पत्रकारिताका लागि सूचनाको हक आवश्यकता रहेको भन्दै सूचनाको हकलाई आभियानको रुपमा लैजानु पर्नेमा उनीहरुको जोड छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए । सही सूचना दिन र लिनका लागि नागरिक पनि सचेत हुनुपर्ने भन्दै अभियानलाई नागरिकस्तरसम्म पु¥याउनु पर्ने उनको भनाई थियो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सूचना अधिकारीको काम, कर्तव्य र अधिकारकाबारेमा जानकारी दिए । विभिन्न जिल्लाबाट आएका सहभागिले भने जिल्लामा सूचना प्राप्त गर्न समस्या भएको भन्दै सूचनाको हक कार्यान्वयन नभएको गुनासो गरे ।

अझै पनि जिल्लामा सूचना दिने आधिकारीक व्यक्ति र निकाय नभएको भन्दै सूचना माग्न जाँदा सञ्चारकर्मीहरुले दुर्व्यवहार भोग्नु परेकोमा सहभागिहरुले पत्रकार महासंघको ध्यानकर्षण गराएका थिए ।