२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौं केन्द्र बनाएर भूकम्प गयो


0
Shares

काठमाडौं, साउन ७ । शुक्रबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरत कोइरालाले इमेजखबरलाई जानकारी दिए ।

यो पछिल्लो १४ दिनमा आएको पहिलो पराकम्पन हो ।

भूकम्पको धक्कासँगै काठमाडौं उपत्यका आसपासका मानिसहरु त्रसित भएका थिए ।

गत वर्षको वैशाखमा गएको शक्तिशाली ‘गोरखा भूकम्प’को पराकम्पन आउनेक्रम अझै जारी रहेको हो ।