
केशव भण्डारी (इमेज)
बुटवल, साउन ७ । रुपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा पानीको बहाव उच्च भएको छ । जसका कारण नदीको बहाब क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् ।
देवीनगर, मजुवा, हात्तीसुडलगायतका क्षेत्रको बस्ती बाढीको उच्चजोखिममा परेको हो । नदीछेउका करिब एक हजारभन्दा बढी घर–टहरासमेत जोखिममा छन् ।
बुटवलको पुरानो बसपार्क, चिडियाखोला क्षेत्र पनि जोखिममा छन् ।
पाल्पामा ठूलो वर्षा हुँदा बुटवलका सुकुम्बासी बस्तीहरु जोखिममा पर्ने गर्दछन् ।
यता, अविरल बषाँसँगै विहीबार राति सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पाको दोभान–५ सिद्धबाबामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्