१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


रोहिणी नदी गाउँ पस्दा रुपन्देहीमा बाढीले २१ घर डुबायो


0
Shares

रुपन्देही, साउन ७ । रुपन्देहीमा बाढीले कम्तिमा २१ घर डुबाएको छ ।

रोहिणी नदी गाउँतिर पस्दा पड्खौली गाविस–५ का १६ घर डुबानमा परेका हुन् भने बसन्तपुरमा रोहीणी नदीबाटै ६ घर डुबानमा परेका हुन् ।

यस्तै, सिक्टहन गाउँ विकास समितिको छोड्की गुम्बीमा कल्भर्ट भत्केर रोहीणी नदी पस्दा सयौं बिगाहमा लगाइएको धान डुबानमा परेको छ ।

डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न जिल्ला प्रहरी, इलाका प्रहरी धकधई, बेलहिया प्रहरीलगायतको टोली घटनास्थलमा पुगेको छ ।

यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत् बुटवल–पाल्पा खन्डको दोभान, झुम्सा र सिद्धबाबामा ढुंगा खस्दा बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।