
काठमाडौं, साउन ७ । शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बृद्धि भएर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले झरेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय २५ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्