
काठमाडौं, साउन ७ । आर्थिक वर्ष २०७२/०७३ मा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरुले लक्ष्यभन्दा बढी २ खर्ब ५ अर्ब बराबर राजश्व संकलन गरेका छन् ।
यस अवधिमा १ खर्व ९४ अर्ब ६७ करोड बराबर राजश्व उठाउने लक्ष्य रहेकोमा २०७३ असारसम्म रु. २ खर्व ४ अर्ब ४३ करोड बढी असुली भएको विभागले जनाएको हो ।
यस वर्ष आयकर तर्फ जम्मा १ खर्ब ९ अर्ब लक्ष्य रहेकोमा १ खर्ब १७ अर्ब बराबर, मू.अ.करतर्फ रु.४८ अर्ब १८ करोड रहेकोमा ४९ अर्ब ८२ करोड र अन्तःशुल्कतर्फ रु ३५ अर्ब ९४ करोड लक्ष्य रहेकोमा ३६ अर्ब १९ करोड बढी राजश्व संकलन भएको विभागले जनाएको छ ।
यस्तै, यस अवधिमा शिक्षासेवा शुल्कतर्फ रु ७२ करोड ७ लाख र स्वास्थ्य सेवाशुल्कतर्फ रु ५६ करोड ६८ लाख असुली भएको विभागले जनाएको छ ।
भूकम्प, नाकाबन्दी, विकास निर्माणमा देखिएको सुस्तता, पुँजीगत् खर्चमा भएको कमीका कारण फागुन महिनासम्म १० अर्ब २२ करोड बराबर राजस्व घटी असुली भएको थियो ।
उल्लेखित कठिनाइहरुका बाबजुद् राजश्व असुली उल्लेख्य हुन सकेको विभागको भनाइ छ ।
उल्लेखित असुली गत वर्षको असुलीको तुलनामा १२८ प्रतिशत बढी रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्