Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


डा. केसीको समर्थनमा सर्वसाधारणदेखि कलाकार, नेतासमेत उत्रिए सडकमा (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ८ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत् प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै सर्वसाधारणले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

केसीको जीवनरक्षा र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै ठूलो संख्यामा सर्वसाधारणमा सडकमा उत्रिएका हुन् ।

१३ दिनदेखि अनशनत् डा. केसीको पक्षमा निकालिएको जुलुस माइतीघरमन्डलाबाट सुरु भएर नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो ।

विरोधजुलुसमा सर्वसाधारण, कलाकार, विद्यार्थी, नयाँ शक्ति नेपालका नेता–कार्यकर्ता, चिकित्सकलगायतको उल्लेखनीय सहभागिता थियो ।

जुलुसमा सहभागीहरुले डा. केसीको पक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विपक्षमा नाराबाजी गरेका थिए ।

चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतका माग राख्दै डा. केसी १३ दिनदेखि अनशनमा बसिरहेका छन् ।

केसीका मागका विषयमा सरकारी वार्ता टोलीले पटक–पटक वार्ता गरेपनि सहमति हुन सकेको छैन ।

भिडियो हेर्नुहोस्