Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


तत्काल प्रभावकारी श्रमिक कानुन बनाइ कार्यान्वयन गर्नुपर्छ : उपराष्ट्रपति


0
Shares

काठमाडौं, साउन ८ । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक वर्गलाई सही ढंगले परिचालन गर्नसकेमात्र राज्यको विकास हुने बताएका छन् ।

विश्व ट्रेड युनियन महासंघले शनिबार राजधानीमा गरेको दुईदिने ट्रेड युनियन सेमिनारको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले तत्काल प्रभावकारी श्रमिक कानुन बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

विश्व ट्रेड युनियन महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल ट्रेड युनियन फेडेरेसन, नेपाल प्रगतिशील ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आबद्ध छन् ।