६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


पुनःनिर्माण प्राधिकरणलाई ८४ अर्ब रुपैयाँ खर्च गर्ने अख्तियारी


0
Shares

काठमाडौं, साउन ८ । भूकम्पपछिको पुनःनिर्माणमा अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई चालु आर्थिक वर्ष २०७३/०७४ का लागि रु ८४ अर्बको अख्तियारी दिएको छ ।

अख्तियारी दिएको रकममध्ये रु १२ अर्ब २८ करोड ९६ लाख २८ हजार सरकारी स्रोतबाट, वैदेशिक सहायतातर्फ जाइकाबाट रु एक अर्ब ८३ करोड ३५ लाख, युरोपियन युनियनबाट रु ११ अर्ब, चीनबाट रु ५० करोड, पुनःनिर्माण संयुक्त कोषबाट रु एक अर्ब ५० करोड, भारतबाट रु १२ अर्ब ५० करोड, जर्मनीबाट रु तीन अर्ब, कोरियाबाट रु ८५ करोड, एसियाली विकास बैंकबाट रु ९८ करोड रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए ।

‘ऋणतर्फ आइडीएबाट रु १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार, एसियाली विकास बैंकबाट रु नौ अर्ब ५५ करोड ५२ लाख ७६ हजार, जाइकाबाट रु ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार र आइएमएफबाट रु पाँच अर्ब रहेको छ, सरकारले बजेट वक्तव्यमा चालु आवका लाग रु एक खर्ब ४२ अर्ब छुट्याएको छ’–उनले भने ।

विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएनए) र पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाका (पीडीआरएफ)मा उल्लेख भएका क्रियाकलापलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गराएको आधारमा सम्बन्धित निकायबाट कार्यक्रम प्राप्त गरी प्राधिकरणको कार्यकारी समितिले नीतिगत निर्णय गरेका आधारमा बजेट निकासा गरिने प्राधिकरणले जनाएको छ । रासस