
ताप्लेजुङ, साउन ९ । ताप्लेजुङमा बार्षिक दुई अर्ब रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेपनि अझै आलुका लागि जिल्ला आत्मनिर्भर बन्न सकेको छैन ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा बर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ ।
हिउँदे कम र बर्षे बढी उत्पादन हुने भए पनि जिल्ला भित्रैको माग धान्न नसक्दा बाहिरी जिल्लाबाट भित्र्याउनु पर्ने बाध्यता रहेको हो । ताप्लेजुङमा ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्