
झापा, साउन ९ । अविरल वर्षापछि झापाको विर्तामोडको मध्यभाग भएर बग्ने अन्दुवा खोलाको बाढी बस्तीमा पसेपछि डेढसय भन्दाबढी घर परिवार प्रभावित भएका छन् ।
अतिथि सदन उत्तरबाट अन्दुवा खोलाको बाढी बस्तीमा पसेको हो । अतिथि सदन जाने बाटोमा खोलो पसेपछि आवतजावत समेत अवरुद्ध भएको छ ।
पसलमा पानी पसेपछि लाखौको नोक्सानी भएको छ । त्यस्तै कन्काई, विरीङ, रतुवालगायतका नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि आसपासका घर डुवानमा परेका छन् ।
तीन दिनयता झापाको दक्षिणी गाविसहरु घेरावारी, चकचकी, राजगढ, खजुरगाछी, शिवगञ्ज, कुमरखोद, शरणामतीलगायतका क्षेत्रमा डुबान भएपछि करिब सय घरपरिवार विस्थापित भइसकेका छन् ।
लखनपुर–२ स्थित रतुवा खोलाको बाँध फुट्ने सम्भावना भएको र लखनपुर र गौरादहका दर्जनौ घर डुब्ने र सयौं विस्थापित हुने सम्भावना रहेपछि सतर्क रहन प्रहरीले स्थानीयवासीलाई अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्