१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


डा.केसीका समर्थक र प्रहरी बीच झडप, दश जना पक्राउ


0
Shares

काठमाडौं, साउन ९ । स्वास्थ्य शिक्षा र चिकित्सा सेवामा सुधारको माग राख्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १५ दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ ।

डा. केसीका माग सम्बोधन गर्नका लागि सरकारले स्वास्थ्य मन्त्रालयका सचिवसहितको तीन सदस्यीय समिति बनाएपनि केसीले उठाएका मागप्रति सरकारले सहमति गर्ने कुनै लक्षण देखाएको छैन ।

यसैबीच आज पनि डा केसीको जीवन रक्षा र उहाँका मागहरु सम्बोधन गर्न माग राखेर आज पनि राजधानीमा प्रदर्शन भएको छ । केसीको समर्थनमा चिकित्सक ,नर्स र सर्वसाधारणले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

डा. केसीका समर्थकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयतर्फ अघि वढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा भएको झडपमा केही घाइते भएका छन् भने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।