१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना


0
Shares

काठमाडौं, साउन ९ । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना गर्नेबारे सम्झौता भएको छ ।

राजधानीमा आइतबार एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जवरा र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाली छापा, अंग्रेजी छापा, विद्युतीय रेडियो टेलिभिजन एवं अनलाइनमा कार्यरत एक–एकजना गरी ४ जना आर्थिक पत्रकारलाई फेलोसिप प्रदान गरिने सम्झौता भएको हो ।

हरेक बर्ष प्रदान गरिने यस फेलोसिपको राशी ५० हजार रुपैंया रहेको छ ।