
सिन्धुली, साउन १० । बनेपा-सिन्धुली-बर्दिवास सडक अन्तर्गत सिन्धुलीको माईस्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।
सडक अबरुद्ध हुँदा बनेपा-सिन्धुली-बर्दिवास जाने यातायातका साधन अलपत्र परेका छन् । पहिरोले टहरा पुर्दा चार जना घाइते भएका छन् । पहिरोबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्