१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ताप्लेजुङमा चार घर परिवार विस्थापित


0
Shares

ताप्लेजुङ, साउन १० । ताप्लेजुङको नाल्बुमा लगातारको वर्षासँगै घर माथिबाट पहिरो झर्दा चार घर परिवार विस्थापित भएका छन् ।

नाल्बो ५ मा गएको पहिरोबाट श्यामबहादुर सावा, समिर नाल्बो, सन्जमान सेरेङ चोम्वाङ र मनि हाङ सेरेङ चोम्वाङको परिवार विस्थापित भएका हुन् ।

पहिरोले श्यामबहादुरको घर भत्काएको छ भने बाँकीको घर नजिकैबाट पहिरो गएकाले उनीहरु विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गत असार ३१ गते राति ताप्लेजुङकै तापेथोक ८ सोत्लिम्मामा गएको पहिरोबाट विस्थापित बनेका १२ परिवारलाई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले राहत रकम प्रदान गरेको छ ।

पीडित मध्ये बेपत्ता मनिता राईका परिवारलाई ४५ हजार र बाँकी परिवारलाई पाँच हजारका दरले राहत रकम प्रदान गरिएको हो ।