१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


तिनाउ नदीमा आएको बाढीले १५ घर बगायो, दुइसय घर डुबानमा


0
Shares

बुटवल, साउन ११ । वुुटवलको तिनाउ नदीमा आएको बाढीले १५ घर बगाएको छ । बाढीले २ सयभन्दा बढी घर डुवानमा परेका छन् ।

अहिलेसम्म बुटवल–७ प्रगतिटोलका १० र बुटवल–१३ मझुवाका ५ घर बगाएको प्रहरीले जनाएको छ । यस्तै ५ सय बढी घर बाढीको जोखिममा परेका छन् ।

तिनाउं नदीकै बाढीले बुटवलको देवीनगरमा रहेको झोलुंगे पुलको तल्लो भाग बगाएको छ । नदीको बहाब बढ्दै गएकाले स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

खतरामा रहेका वस्तीलाई अन्यत्र लैजान स्थानीय र प्रहरी खटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

बाढीले बुद्धनगर, हात्तीसुडे, दुर्गानगर, न्यु दुर्गानगर, सिमानगर, खयरघारीलगायतका २ सयभन्दा बढी घरमा पानी पसेको छ ।