२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इपीएसको परीक्षाफल सार्वजनिक, ३५ सयलाई कोरिया जाने ढोका खुल्यो


0
Shares

काठमाडौं, साउन ११ । इपीएस शाखामार्फत् कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ ।

भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका छन् ।

फाराम भरेका कूल ६० हजार ६ सय २६ जनामध्ये ५७ हजार १ सय २० जनाले भाषा परीक्षा दिएका थिए ।