२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नदीमा पानीको बहाव बढेपछि गण्डक बाँध फुट्ने खतरा


0
Shares

नवलपरासी, साउन ११ । लगातारको वर्षापछि नवलपरासीको गण्डक बाध फुट्ने खतरा वढेको छ । नारायणी नदीमा पानीको बहाव बढेसंगै बाँध फुट्ने खतरा बढेको हो ।

नारायणी नदीमा पानीको बहाव उच्च भएपछि स्थानीय बान्दिा त्रसित बनेका छन् । गण्डक बाध फुटेपछि नवलपरासीका १४ वटा गाविस प्रभावित हुनेछन् ।

पानीको बहाव बढेसंगै नवलपरासीमा सबै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए ।