२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाढीले कर्मचारीलाई बगायो


0
Shares

राजविराज, साउन ११ । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले मंगलबार एक कर्मचारीलाई बगाएको छ ।

मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भइ हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत् २३ वर्षीय यादव उक्त संस्थामार्फत् कोइलाडी बर्साइनमा रकम असुल्नका लागि जानेक्रममा जिता खोलाले बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । रासस