
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन ११ । अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण ३० घर विस्थापित भएका छन् ।
सोमबारदेखिको लगातारको वर्षाले पोखराको छोरेपाटन र रामघाट क्षेत्र डुबानमा परेका छन् । छोरेपाटनमा पानीको निकास नहुँदा झन्डै २० घर डुबानमा परेका छन् ।
सेती नदीमा पानीको बहाव बढेपछि रामघाट क्षेत्र जलमग्न भएको छ । पानीको सतह बढेपछि सेती किनारका बासिन्दा विस्थापित भएका छन् ।
कास्कीकै कसेरीमा सेती नदीको बहाव बढेपछि ३० घर जोखिममा परेका छन् ।
जोखिमयुक्त घरका बासिन्दालाई अहिले अन्यत्र सारिएको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
अविरल वर्षासँगै मादी नदीमा आएको बाढीले कास्कीको पार्चे गाविस–१ सोधा गाउँका थप तीन घर बगाएको छ । वर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरी कटान गरेको हो ।
नदीले अशोक भुजेल, बालसिंह भुजेलको घर बगाएको छ भने गाउँघर क्लिनिक र विद्यालयका पुरानो भवन बगाएको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्