२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शौच गर्दागर्दै भूकम्पले जीर्ण घर भत्किँदा एकको मृत्यु


0
Shares

दोलखा, साउन ११ । दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका–४ दिलढुंगाका ७१ वर्षीय पूर्णबहादुर तामाङको शौच गदौगर्दै जीर्ण घर भत्किएर थिच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

लगातारको वर्षाले भूकम्पले क्षति बनाएका घरहरु झन् कमजोर बनेको स्थानीयहरुले बताएका छन् ।