२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


‘प्रचण्ड’ निमित्त प्रधानमन्त्रीमात्र, शासन कांग्रेसको : पौडेल (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अब नयाँ सरकार बन्ने भएपछि त्यसको ‘कमान्ड’ नेपाली कांग्रेसको हातमा रहने दाबी गरेका छन् ।

इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा कुरा गर्दै पौडेलले ‘खासमा सरकार कांग्रेसले नै चलाउने हो’–भने ।

दाहालको नेतृत्वमा गठन हुने सरकारको आयु ९ महिनामात्र भएको र त्यसपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भन्दै पौडेलले अब बन्ने सरकारलाई ओली सरकारलेभन्दा राम्रो गर्नुपर्ने चुनौती रहेको बताए ।

उनले सरकार परिवर्तनकाक्रममा भएको पछिल्लो घटनाले तत्काल मुलुकको राजनीतिमा अस्थिरता समाप्त नहुने धारणा राखे ।

२०७४ माघ ७ भित्र तीनओटै निकायको निर्वाचन नभएमा मुलुकको व्यवस्था नै गम्भीर संकटमा पर्नसक्ने उनको भनाइ थियो ।

पौडेलसँग गरिएको विशेष अन्तर्वार्ता मंगलबार (आज) बेलुकी ८ः३० बजे र बुधबार (भोलि) बिहान ८ः०० बजे हेर्न सकिनेछ ।

भिडियो हेर्नुहोस्