२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हेर्नोस्, तिनाउ नदी उर्लिंदाको ‘तान्डव’ (भिडियो)


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, साउन ११ । अविरल वर्षासँगै बुटवलको तिनाउ नदीमा आएको बाढीले १५ घर बगाएको छ । २ सय भन्दा बढी घर डुबानमा परेका छन् ।

नदीको बहाव बढ्दै र कटान गर्दै गएकाले जोखिम अझै बढेको प्रहरीले जनाएको छ ।

खतरामा रहेका बस्तीलाई अन्यत्र लैजान स्थानीय र प्रहरी खटिएका छन् । अहिलेसम्म बुटवलको प्रगतिटोलका १० र बुटवल–१३ मझुवाका ५ घर बाढीले बगाइसकेको छ । पाँच सयभन्दा बढी घर जोखिममा परेका छन् ।

बाढीले बुद्धनगर, हात्तीसुडे, दुर्गानगर, न्यू दुर्गानगर, सीमानगर, खयरघारीलगायतका दुई सयभन्दा बढी घरमा पानी पसेको छ ।

सोमबार रातिदेखि लगातार पानी परिरहेको छ । लगातारको वर्षासँगै तिनाउ नदी आएको बाढीले जनताको तटबन्ध कार्यक्रमअन्तर्गत् लगाइएको पक्की पर्खाल र जाली भत्काएर बस्तीहरुमा पसिरहेको छ ।

बाढीका कारण तिनाउ किनारमा रहेका विभिन्न टोलका हजारौं स्थानीय जोखिममा परेका छन् ।

नदीको बहाब बढ्दै गएकाले स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

तिनाउ नदीमा आएको बाढीले बुटवलबाट देवीनगर हुँदै मोतीपुर जोड्ने बुटवल–१३ मा रहेको एउटा झोलुंगे पुल बगाइदिएको छ ।

सोहीक्रममा उद्दारमा खटिएका प्रहरी हवलदार चिरञ्जीवी चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्