२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रातो मच्छिन्द्रनाथको रथयात्रा पुनः सुरु


0
Shares

काठमाडौं, साउन ११ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि पुनः सुरु भएको छ ।

मंगलबार ललितपुरको लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथलाई पनि अघि बढाइएको छ ।

लिच्छवीकालमा उपत्यकामा १२ वर्ष पानी नपरी ठूलो अनिकाल लागेपछि वर्षा गराउन भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापुले आसामको कामरूप कामक्षबाट मच्छिन्नाथलाई नेपाल ल्याएका थिए ।

मच्छिन्द्रनाथलाई भित्र्याएपछि नागहरु स्वतन्त्र भएको र वर्षा भएपछि राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको जात्रा चलाएको बताइन्छ ।