Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गर्ने


0
Shares

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । बैंकिङ प्रणालीमा भएको लगानीयोग्य पूँजीको पर्याप्तता व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोलबाट सबैभन्दा कम बोल गर्नेले पाउनेछन् ।

रिपोमा सहभागी हुन बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाईन बिडिङ गर्नुपर्ने छ । आज जारी हुने रिपो साउन १९ गते परिपक्व हुने छ ।