
काठमाडौं, साउन १२ । चिकित्साशिक्षा र सेवामा सुधारका लागि डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौताको निजी मेडिकल कलेज सन्चालकहरुले विरोध गर्दै प्रदर्शन गरेका छन् ।
उक्त सम्झौताले निजी मेडिकलहरु धरासायी हुने भन्दै बुधबार उनीहरुले राजधानीको माइतीघरमन्डलादेखि बानेश्वरसम्म प्रर्दशन गरेका हुन् ।
प्रदर्शनकारीले स्वदेशका मेडिकल कलेजमा कार्यरत् कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित मापदन्ड पूरा गरेका मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको भर्नाकोटा नघटाउन, मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन, मेडिकल शिक्षामा राजनीतिकरण नगर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि हस्तक्षेप नगर्न माग गरिएका प्लेकार्डहरु बोकेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्