७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


१० अर्बको रिपो जारी गरेकोमा २८ अर्ब बोल पर्‍यो


0
Shares

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेकोमा झन्डै तीन गुणा बढी बोल परेको छ ।

बैंकिङ प्रणालीमा भएको लगानीयोग्य पुँजीको पर्याप्तता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लोपटक जारी गरेको रिपोमा २८ अर्ब ६३ करोड रुपैयाँ बोल परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले जानकारी दिए ।

बोलकबोलको आधारमा ब्याजदर शून्य दशमलव ५२ प्रतिशत तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा रहेको अधिक लगानीयोग्य पुँजी व्यवस्थापन गर्न बैंकले समयसमयमा यस्तो रिपो जारी गर्दै आएको छ ।

बुधबार जारी गरिएको रिपो साउन १९ गते परिपक्व हुनेछ ।